
१४ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको परवानीपुर गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
वीरगञ्जमा योसँगै मंगलबार मात्रै तीनजनाको मृत्यु भएको छ । बिहान मात्रै दुईजना संक्रमितको मृत्यु भएको थियो । ०७७ चैत ३० गते कोरोना संक्रमण पुष्टी भएपछि उनी होम आइसोलेसन मै थिए ।
स्वास्थ्य स्थिति बिग्रिएपछि ०७८ बैशाख ५ गते उनलाई नारायणी अस्पतालमा ल्याईएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ११:४५ मा उनको मृत्यु भएको थियो ।
कोभिड निमोनियाले ग्रसित उनको एक्युट रेस्पाईरोटरी डिस्ट्रेस सिन्ड्रोमका कारण मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4