+
+

बैकिङ कसूर मुद्दामा दोषी ठहर भएका दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १३:५५

१४ वैशाख, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले बैकिङ कसूर मुद्दामा दोषी ठहर भइ फरार रहेका दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ-१० बानेश्‍वरका ५० वर्षीय कैलाश प्रसाद श्रेष्ठ र काठमाडौँ चन्द्रागिरी-१० का ३३ वर्षीय नारायण अचार्य रहेका छन् ।

दुवैजना बैकिङ कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसूरदार ठहर भइ फरार रहेकाले श्रेष्ठलाई सिनामंगलबाट र अचार्यलाई गुर्जुधाराबाट सिआईबीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?