+
+

भेरी अस्पतालमा ४७६ नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १४:१४

१४ वैशाख, काठमडौं । बाँकेको भेरी अस्पतालमा ४७६ जनाको नमुना परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले जनाए अनुसार आइतबार गरिएको उक्त परीक्षणमा २०६ जना पुरुष र १७७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

संकलित नमुनाको चाप र डाटा इन्ट्री गर्ने सफ्टवेयरमा आएको समस्याले गर्दा सोमबार साँझ सार्वजनिक हुनुपर्ने रिपोर्ट मंगलबार सार्वजनिक गरिएको अस्पतालले जनाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालगञ्ज मेडिकल कलेजमा १८८ जनाको नमुना परीक्षण गर्दा १४५ जना, बागेश्वरी कलेज कोहलपुरको ल्याबमा १६९ जनाको नमुना परीक्षण गर्दा १०९ जना र जमुनाहा नाकामा १६ जनाको परीक्षण गर्दा २ जनामा गरी कुल २५६ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?