Comments Add Comment

आनाको प्रतीक्षा

सामाजिक संजालमा सक्रिय छिन्, नायिका आना शर्मा । उनले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरलाई उनका फ्यानले रुचाएका पनि छन् । सामाजिक संजालमा सक्रिय आनाको चलचित्र क्षेत्रको सक्रियता भने बढेको छैन ।

किनकि, आफ्नो चलचित्र यात्रामा तीन वटा मात्र चलचित्रमा काम गरेकी आनालाई सफलता हात लागेन । ‘जेरी’बाट प्रशंसा पाए पनि उनले ‘ग्याङस्टार ब्लूजबाट सफलता पाइनन् । यसपछि भने उनका लागि चलचित्र यात्रा सुखद बन्न नसकेको हो ।

उनले, गत वर्ष लकडाउन सकिएसँगै प्रवेश पौडेलको निर्देशनमा बन्ने एक नयाँ चलचित्र साइन गरेकी थिइन् । चलचित्रमा उनको साथमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि मुख्य भूमिका रहने पक्का भएको थियो । तर, यो चलचित्रको काम नै अगाडि बढ्न सकेन । आना यो चलचित्रको छायांकनको प्रतीक्षा गरिरहेकी छिन् ।

शायद, चलचित्रको काम सुरु भैसकेको भए उनलाई केही हदसम्म भए पनि करिअरमा राहत मिल्ने थियो । तर, यो चलचित्रको प्रतीक्षा गरेको लामो समय भैसक्दा पनि आना क्यामेराको अघि ‘एक्सन र कट’मा रमाउन पाएकी छैनन् । आनाले कहिलेसम्म प्रतीक्षा गर्नुपर्ने हो, त्यो भन्न सकिने अवस्था नै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment