+
+
Shares

कोभिड अस्पतालमा डाक्टर अभाव : चार वर्षदेखि लोकसेवा खुलेन, करारमा कोही आउँदैनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १५:१३

१४ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोरोना संक्रमितहरुको उपचारका लागि जनशक्ति अभाव भएको बताएका छन् ।

उनका अनुसार लोकसेवा आयोगबाट ४ वर्षदेखि मेडिकल अफिसरको विज्ञापन खुलेको छैनन् ।

करारमा जागिर खान डाक्टरहरु आउँदैनन् । संसदको शिक्षा तथा स्वाथ्य समितिको मंगलबार बसेको बैठकमा डा. पोखरेलले भने, ‘३ महिना वा ६ महिना जागिर खान्नौं भनेर डाक्टरहरु भर्ना हुन मान्नु हुन्न ।’

उनका अनुसार करारमा कर्मचारी भर्ना गर्न रकमको अभाव छैन । तल्लो निकायहरुमा रकम पठाइएको पनि छ, तर डाक्टरहरु करारमा भर्ना हुन मान्दैनन् ।

उनले भने, ‘प्रदेश १ को समस्या यही हो । उहाँहरुले करारमा ६ महिना खानुभयो । एक महिना करार सकियो । अहिले ५ महिनाको जागिर दिन्छौं भन्दा निरन्तर एक वर्षको दिनुस्, ताकि भोलि एमडी एमएस पढ्न पाइयोस् भन्ने छ ।’

प्रमुख विशेषज्ञ पोखरेलले प्रदेशका सामाजिक विकास मन्त्रालयहरुसँग समन्वय हुन नसकेको स्वीकार गरे । उनका अनुसार स्वास्थ्य मन्त्रालय मातहतका कार्यालयमा ११ औं तहका कर्मचारी छन् । तर सामाजिक विकास मन्त्रालयका सचिव उनीहरुभन्दा जुनियर छन् । यसले पनि समस्या भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?