+
+
Shares

भारतमा रहेका नेपालीलाई कोरोना संक्रमणबाट सुरक्षित रहन नेपाली दूतावासको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १५:२८

१४  वैशाख, काठमाडौँ । भारतस्थित नेपाली दूतावासले त्‍यहाँ रहेका नेपालीहरुलाई कोभिड १९ महामारीको संक्रमणबाट सुरक्षित रहन आग्रह गरेको छ ।  मंगलबार दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९को संक्रमणबाट बच्‍न मास्कको उचित प्रयोग गर्न, अत्यावश्‍यक एवं जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन, भिडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक दूरी अपनाउन राजदूतावास सबैमा अनुरोध छ।’

यस्तै कार्यालय समयमा राजदूताबासबाट कुनै सेवा लिनुपर्ने भएमा अथवा अन्‍य कुनै विषयमा सूचना तथा जानकारी, सल्लाह, सुझाव, को लागि eonnewdelhi@mofa.gov.np मा इमेल र फोन सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?