Comments Add Comment

एनआईबीएल समृद्धि फण्ड–२ को ५४ प्रतिशत इकाई पहिलो दिनमै बिक्री

१४ वैशाख, काठमाडौं । एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबीएल समृद्धि फण्ड-२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ । इकाई खरिदका लागि कुल इकाईको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरिदका लागि आवेदन दिने समय वैशाख १६ गतेसम्म रहेको क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment