+
+
Shares

कोरोना नियन्त्रणका लागि क्षेत्रीय सहकार्य सुदृढ बनाउनुपर्नेमा नेपालको जोड

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १७:२०

१४ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि क्षेत्रीय र अन्तराष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा नेपालले जोड दिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुसँग आयोजना गरेको सामूहिक छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो धारणा व्यक्त गरेका हुन् ।

सो छलफलको बारेमा ट्वीट गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ,‘परराष्ट्रमन्त्रीले ६ देशको भिडियो सम्मेलनलाई सम्बोधन गर्नु र कोभिड रेस्पोन्स र रिकभरीका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?