+
+
Shares

अर्थतन्त्र थप प्रभावित हुने जोखिम बढ्याे : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १७:४२

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले अथैतन्त्र थप प्रभावित हुने बताएका छन् । राष्ट्र बैंक आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीे कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिंदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको बताएका हुन् ।

कोभिड–१९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कट सामना गरिरहेको भन्दै उनले मुलुकभित्र उत्पन्न हुनसक्ने मानवीय तथा आर्थिक संकटको संयमतापूर्वक उचित व्यवस्थापन सहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने बताए ।

महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको बताएका उनले कोभिड–१९ अझै रहेकोले जोखिम भने कायमै रहेको बताए ।

पछिल्लो समय देखिएको कोरोना त्रासका कारण अर्थतन्त्र पुनः अप्ठेरोमा पर्ने खतरा रहेको र अर्थतन्त्रलाई सहि लयमा अघि बढाउन राष्ट्र बैंकले भूमिका खेल्ने बताए । कोरोना विरुद्धको खोप आइसकेपछि निकै आशा पलाए पनि पुनः जोखिम बढेको उनको भनाई छ ।

‘बन्दाबन्दी पूर्ण रूपमा हटेको र कोभिड–१९ विरुद्घको खोप लगाउने कार्यसमेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्य तर्फ फर्कन सुरु भईसकेको थियो’ उनले भने, ‘तर, पछिल्लो समयमा कोभिड–१९ को संक्रमण दर छिमेकी देशमा पुनः बढ्दै गएको साथै नेपालमा समेत संक्रमण दर र जोखिम बढ्दै गएको हुँदा अर्थतन्त्र अझ पनि यसबाट थप प्रभावित हुने जोखिम कायमै रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?