+
+
Shares

कर्णालीमा एकैदिन थपिए १३८ कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १८:१९

१४ वैशाख, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा १३८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार १३८ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १२९ जना छन् । यस्तै जाजरकोटका ४ जना, दैलेख र कालिकोटका २/२ जना र जुम्लाका १ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार मंगलबार मात्रै प्रदेशमा थप १६ जना कोरोनामुक्त भएका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?