+
+
Shares

नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १९:५६

१४ वैशाख, चितवन । सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर उपलब्ध गराएको छ ।

सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पतालमा एक महिनाका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको हो ।

अस्पतालमा कोरोनाका विरामीहरु बढ्‍दै गएपछि उनीहरुको उपचारमा सहजताका लागि थप भेन्टिलेटरहरु उपलब्ध गराएको सानो पाइलाकी सचिव डा. सुष्मा तिवारीले बताइन् । तिवारीले उक्त भेन्टिलेटरहरु नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गरिन् ।

यस्तै सानो पाइलाले उपलब्ध गराएको भेन्टिलेटरहरु हाल कोभिडका बिरामीहरुका लागि सबभन्दा उपयोगी हुने अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताए ।

योसँगै नारायणी अस्पतालमा प्रयोगयोग्य भेन्टिलेटरको संख्या १५ पुगेको छ । यसअघि नारायणी अस्पतालमा कुल १० वटा भेन्टिलेटर मात्र रहेको थियो । जसमध्ये ५ वटा कोभिडका बिरामीका लागि छुट्ट्याइएको थियो भने ५ वटा अन्य बिरामीहरुका लागि राखिएको थियो ।

उक्त भेन्टिलेटरहरु कोभिड आईसीयु र एसडियूमा जडान गरिसकिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?