Comments Add Comment

५ बर्षमै रश्मिकाको करिअर साउथ हुँदै बलिउडमा कसरी चम्कियो ?

साउथ चलचित्रकी नायिका रश्मिका मन्दना मनोरञ्जन दुनियाँमा प्रवेश गरेको ५ बर्ष मात्र भयो । तर, ५ बर्षको अन्तरालमा उनको साउथ चलचित्रदेखि बलिउडसम्मको यात्रा भने रोचक छ ।

रश्मिका आफ्नो अभिनय र हाउभाउका कारण चर्चामा छिन् । उनले अभिनय गरेको ‘डियर कमरेड’ले उनलाई विश्व बजारमै परिचित गराइदियो । रश्मिकाको चर्चा उनले अभिनय गरेको ‘गीता गोविन्दम’बाट नै भएको हो । चलचित्रमा समावेश ‘यन्ती यन्ती’ बोलको गीतमा उनको एक्प्रेसनको खुबै चर्चा भयो । यसपछि, उनलाई ‘नेशनल क्रस’ समेत भन्न थालिएको थियो ।

रश्मिकाले बलिउडमा पनि पाइला राखिसकेकी छिन् । उनले नायक सिद्धार्थ मल्होत्रासँग चलचित्र ‘मिसन मज्नु’मा काम गरिसकेकी छिन् । उनै, रश्मिकाले बलिउडका चर्चित नायक अमिताभ बच्चनसँग चलचित्र ‘गुडबाई’मा पनि काम गरेकी छिन् ।

रश्मिकाले भारतीय मिडियासँग कुरा गर्दै चाडै नै तेश्रो बलिउड चलचित्रमा काम गर्ने तयारी गरेको प्रतिक्रिया दिएकी छिन् । उनले, दर्शकलाई चाडै नै खुशीको खबर दिने बताइन् ।

सन् २०१६ मा कन्नड चलचित्र ‘किरिक पार्टी’मा काम गरेर उनले मनोरञ्जन दुनियाँमा पाइला राखेकी थिइन् । यसपछि भने, उनको यात्रा बलियो बनेको छ । सन् २०१८ मा रिलिज भएको ‘गीता गोविन्दम’ हिट भएपछि चम्किएकी उनले ‘देवदास, यजामाना, डियर कमरेड, भिष्मा’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment