Comments Add Comment

कर्णालीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

१५ वैशाख, सुर्र्खेत । कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतमा दुई र दैलेखमा एकजनाको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ  ।

सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

आधा घण्टाको फरकमा उनीहरूको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए । पौडेलका अनुसार एक हप्तादेखि दुवैजना आईसीयूमा  उपचाररत थिए ।

यस्तै कोरोना संक्रमणबाट दैलेखको नारायण नगरपालिका–१ का ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । उपचारको क्रममा कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए ।

कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment