
फाइल तस्वीर
१५ वैशाख, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । निषेधाज्ञाका कारण देशका प्रमुख शहरहरुमा सुनको कारोबार नहुने भएकाले आयात रोक्ने निर्णय गरिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । अहिले हरेक दिन बैंकमार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ ।
बिहीबारदेखि प्रमुख शहरमा कारोबार हुँदैन, त्यसैले आयात रोक्ने निर्णय गर्यौं,’ महासचिव बज्राचार्यले अनलाइनखबरसँग भने । निषेधाज्ञा अवधिभर महासंघको कार्यालयसहित निषेधाज्ञा घोषणा भएका क्षेत्रमा सुन चाँदीको कारोबार रोक्ने निर्णय पनि महासंघले गरेको छ । निषेधाज्ञा अवधिभर सुनको बजार कारोबार मूल्य भने तोक्ने कार्य भने निरन्तर रहने महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4