Comments Add Comment

खिमविक्रम शाही एक मिनेट पनि सांसद रहनु हुदैन : रामचन्द्र पौडेल

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई तत्काल कारबाही गर्नुपर्ने समेत उनको माग छ ।

गण्डकीमा बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी थियो । तर जनमोर्चाका सांसद शाही सम्पर्कविहीन भए । त्यही कारण देखाएर सभामुखले प्रदेशसभा बैठक स्थगित गरे ।

तर सांसद शाही भने कोरोना संक्रमण भएको भन्दै अस्पतालमा भर्ना भएको खबर आयो । प्रदेशसभा सचिवालयको पहलमा भएको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ थियो । तर एक निजी प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट पोजेटिभका आधारमा उनी चरम अस्पतालमा भर्ना भएका हुन् ।

कांग्रेस नेता पौडेलले स्वास्थ्य संस्थाहरुलाई समेत प्रयोग गरी कीर्ते रिपोर्ट तयार पारी जनमोर्चाका सांसद शाहीलाई आईसीयूमा राखिएको दाबी गरेका छन् । एमालेले तुलनात्मक रुपमा नीति सिद्धान्तमा अडिने पार्टी राष्ट्रिय जनमोर्चाको सतित्व हरण गरेको भन्दै उनले भने, ‘सांसद चलखेलमा फरे, उनी एक मिनेट पनि सांसद रहनु हुन्न । राष्ट्रिय जनमोर्चाले कारबाही चलाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment