Comments Add Comment

कर्णाली प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ ।

सुर्खेत र सल्यानका एक/एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कालिकोटको नरहरिनाथ गाँउपालिका–९ का ७३ वर्षीय पुरुषको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार ती पुरुषमा श्वासप्रश्वास प्रणालीमा अवरोधको समस्या भएपछि वैशाख ११ गते प्रदेश अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बस्दै आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।

श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बेलुका सवा ८ बजे उनलाई अस्पतालमा ल्याइएको र अक्सिजन दिँदादिँदै मृत्यु भएको उनले बताए ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment