
१७ वैशाख, विराटनगर । विराटनगरमा पाँच महिनाअघि उद्घाटन भएको कोभिड– १९ उपचार केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण भएको उपचार केन्द्र सञ्चालनमा आएको हो ।
उपचार केन्द्रमा ९६ वटा बेड राखिएको छ । अस्पतालमा शुक्रबार बिरामी भर्ना गरिएको हो । कोभिड–१९ उपचार केन्द्रको दोस्रो तलामा रहेका २७ सङ्क्रमितलाई नयाँ उपचार केन्द्रमा सारिएको हो ।
बिरामी भर्ना गर्नुअघि अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले अहोरात्र काम गरिरहेको बताए । संक्रमण दर बढेसँगै उपचारको प्रवन्ध पनि गर्दै गएको बताए ।
मुख्यमन्त्री राईले विराटनगरबाहेक जिल्लास्तरमा पनि २० बेडसम्मको आइसोलेसन केन्द्र निर्माणका लागि जिल्ला अस्पतालहरुलाई निर्देशन दिइसकिएको बताए ।
मुख्यमन्त्री राईले विराटनगर रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सुनसरीको भण्टाबारी, सोलु, ओखलढुङ्गा र खोटाङमा होल्डिङ सेन्टर बनाउने बताए ।
सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल अत्याधुनिक रहेको बताइन् । कोभिड अस्पतालको लागि आवस्यक जनशक्तिको व्यवस्थापन भइसकेको उनले बताइन । एउटा सिफ्टमा १९ जना रहने गरी व्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया 4