Comments Add Comment

भोलि मध्यरातिबाट काभ्रेमा पनि निषेधाज्ञा

फाइल तस्वीर : बनेपा बजार

१८ वैशाख, काठमाडौं । काभ्रेमा भोलि मध्यरातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो ।

अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सञ्चालन गर्न पाइने छैन । बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासी सडकको दायाबायाँ ५०० मिटरसम्म तथा बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटारसम्म सडकको दायाबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गनए पाइने छैन । अत्यावश्यक क्षेत्रलाई भने रोक लगाइएको छैन ।

जिल्लाभित्र विकास निर्माणका काममा प्रयोग हुने सामग्रीहरु ढुवानीका लागि राति ९ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न लिइने सूचनामा उल्लेख छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment