Comments Add Comment

आत्मालोचना गरेर एकताबद्ध बन्न वामदेव गौतमको आग्रह

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले कम्युनिष्ट नेताहरुले आत्मालोचित भएर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको शनिबार अवसरमा शुभकामना दिंदै गौतमले आफूबाट भएको गल्ती र कमजोरीप्रति पनि आत्मालोचना गरेका छन् ।

‘मबाट पनि यस बीचमा केही कमजोरी र गल्ती भएका छन् । आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु । तिनलाई सच्याउन लागिपरेको पनि छु,’ गौतमले सामाजिक सञ्जालमा लेखेका छन् ।

अरु नेताहरुले पनि आत्मालोचना गर्नुपर्ने उनले उल्लेख गरेका छन् । ‘..हामी सबै नेता–कार्यकर्ताहरुका लागि आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गछौं भनेर प्रतिबद्धता व्यक्ति गर्ने दिन हो,’ उनले आग्रह गरेका छन् ।

सत्ता स्वार्थ प्रेरित क्रियाकलापबाट श्रमजीवी वर्गीय आन्दोलनलाई छियाछिया बनाइरहेको पनि गौतमको भनाइ छ । सत्ता स्वार्थ प्रेरित गतिविधि नरोके मुलुकमा फेरि प्रतिगमन स्थापित हुने गौतमले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment