+
+
Shares

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १८ गते १५:२३

१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहरबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । यसअघि शनिबार बिहान मात्र नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको थियो ।

मध्यान्ह १२ बजे वीरगञ्ज–८ की ७० वर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । अस्पतालमा उपचाररत संक्रमितमध्ये अझै ३ जना भेन्टिलेटरमा छन् ।

स्वास्थ्यमा समस्या भएपछि वैशाख १६ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यही दिन गरिएको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो । कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?