Comments Add Comment

कोरोना केन्द्रित बजेट ल्याउनुपर्छ : सुरेन्द्र पाण्डे

१९ वैशाख, काठमाडौं । पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निषेधाज्ञामा कडाइ गर्ने मात्रै नभएर कोरोना परीक्षण र उपचारमा जोड दिन सरकारसँग माग गरेका छन् ।

संक्रमणको अवस्था गम्भीर बन्दै गएकाले उपचारका लागि बजेट निकासा गर्न पनि पाण्डेले आग्रह गरेका छन् । ‘सरकारले निषेधाज्ञालाई कसिलो बनाउने मात्र होइन । तत्काल अस्पताल र बेड क्षमता बिस्तार, चिकित्सकको व्यवस्था, अक्सिजन, भेन्टिलेटर, एम्बुलेन्स सेवा लगायतमा बजेट निकासा गर्नुपर्छ’, पाण्डेले अनलाइनखबरसँग भने । केही हप्ता संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने देखिएकाले गम्भीर बन्न पनि उनले आग्रह गरे ।

पूर्वमन्त्री पाण्डेले नयाँ बजेट पनि कोरोना केन्द्रित ल्याउन सुझाव दिए । ‘सरकारले आउने बजेटलाई पपुलर बनाउन जोड दिने भन्दा पनि कोरोनाबाट प्रभावित जनतालाई स्वास्थ्य सेवामा पहँुच बढाउन र नागरिकको जीवन रक्षा गर्नेमा ध्यान दिनुपर्छ’, उनले भने ।

कोरोना रोकथाम र उपचारमा केन्द्रित बजेट ल्याउनका निम्ति पहल गर्न पूर्व अर्थमन्त्री मञ्चलाई पनि पाण्डेले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment