+
+
Shares

झलनाथ खनालको उपचारमा यथेष्ट ध्यान दिन माधव नेपालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते ९:१२
माधव नेपाल

१९ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ट ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

खनालको स्वास्थ्य लाभको कामना गर्दै नेता नेपालले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् । ‘उहाँको उपचारमा यथेष्ट ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु’, नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ।

कोरोना संक्रमण भएपछि पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्राेतले जनाएको छ ।

पखाला लागेपछि मनमोहन अस्पतालमा भर्ना भएका खनाललाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि शनिबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?