Comments Add Comment

कोरोनालाई जितेपछि मदनकृष्णले भने–‘नकारात्मक भावना त्यागौं’

कोरोनामुक्त भएपछि कलाकार मदनकृष्ण श्रेष्ठ घर फर्किएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएर घर फर्किएका मदनकृष्णले कोरोनाको यो महामारीको समयमा सबैले सबैको राम्रो सोच्नुपर्ने बताए ।

उनले भनेका छन्–‘यो समयमा राजनीतिक भावना बोकेर कसैले कसैको नराम्रो नसोचौं । सबैको राम्रो सोचौं ।’ गतबर्षको कोरोनाले मानिसको इम्यूनिटी पावर कमजोर बनाएको भन्दै मनदकृष्णले यो पटकको कोरोनाले मानिसको शक्ति कमजोर बनाएको बताए । यस्तो बेलामा सबैले सबैको सहयोग गरे मात्र कोरोनालाई जित्न सकिने उनको तर्क छ ।

उनले एकले अर्कोलाई नराम्रो सोच्दा मनमा राक्षसीपन मात्र पलाउने भन्दै यसले फाइदा नगर्ने बताएका छन् । आफ्नो परिवारका ५ जना सदस्यमा कोरोना पुष्टी हुँदा तातो पानी तताएर पनि खान नसक्ने अवस्था रहेको भन्दै उनले छिमेकीहरुको सहयोगले तग्रिन सकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment