+
+
Shares

सरकारलाई एमालेको ध्यानाकर्षण : कोरोना संक्रमितको उपचारको प्रबन्ध गर

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १४:४४

१९ वैशाख, काठमाडौं । नेकपा एमालेले कोरोना संक्रमितको उपचारबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक स्थायी कमिटी बैठकले संक्रमितको उपचार गर्न आवश्यक तयारीलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

‘बैठकले कोभिड बिरामीहरुको उपचारका लागि आवश्यक पूर्वाधार, शय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ’, बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले कोरोना रोकथामका लागि स्वयंसेवी रुपमा परिचालित हुन पार्टी पंक्तिलाई आह्वान पनि गरेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले आकस्मिक बैठक बोलएका थिए ।

तर, अधिकांश स्थायी कमिटी सदस्य उपत्यका बाहिर र राजधानीमै भएका पनि कोरोना संक्रमित भएको तथा आइसोलेसनमा भएकाले केही नेताहरुको उपस्थितिमा बैठकले यस्तो निर्णय गरेको हो ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?