+
+

सोमबार उपत्यकाका तीन सिडिओको बैठक, थप केही क्षेत्रमा निषेध गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते २०:०७

१९ वैशाख, काठमाडौं । सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । निषेधाज्ञालाई कडाइ गर्न थप केही क्षेत्रमा निषेध गर्ने गरी बैठक बस्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरसँग भने, ‘भोलि बैठक बसेर थप केही क्षेत्रमा कडाइ गर्ने तयारी गरेका छौं ।’ उनका अनुसार खाद्यान्न पसल पनि बिहान मात्र खोल्न दिने विषयमा छलफल भइरहेको छ । तर, निर्णय भइसकेको छैन ।

सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतमा पनि कडाइ गर्ने तयारी गरिएको छ । एक चौथाइ कार्यालय मात्र खेलेर सीमित कर्मचारीबाट सेवा प्रवाह गर्न दिने भनिएको छ ।

अत्यावश्यक बाहेकका केही कार्यालय बन्द गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल हुने भनिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि एक साताको निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद्ले थप एक साता निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?