+

म्यानचेष्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित

२०७८ वैशाख  २० गते ६:३० २०७८ वैशाख २० गते ६:३०
म्यानचेष्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित

२० वैशाख, काठमाडौं । प्रिमियर लिग फुटबलअन्तर्गत दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र छैटौं स्थानको लिभरपुलबीचको खेल स्थगित गरिएको छ ।

युनाइटेड र लिभरपुलबीचको आइतबार ओल्ड ट्राफोर्डमा हुने तय थियो । तर युनाइटेडका समर्थकहरु खेलअघि मैदान भित्र पसेर नाराबाजी गर्दै विरोध जनाएपछि खेल स्थगित गरिएको प्रिमियर लिगले जनाएको छ ।

ओल्डट्राफोर्डमा सुरक्षाको नियम तोडेपछि पुलिस, दुवै क्लब, प्रिमियर लिग र लोकल अथुरिटीहरुको संयुक्त निर्णयमा खेल स्थगित गरिएको हो ।

खेल अघि करिब दुई सय समर्थकले मैदानमा युनाइटेडका मालिक ग्लेजर परिवार विरुद्ध नारावाजी गरेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसका कारण समर्थकलाई अहिले मैदानमा प्रवेश निषेध रहेपनि समर्थकहरु ओल्डट्राफोर्डको पिचमा पुगेर नाराबाजी गरेका थिए । त्यसअघि समर्थकहरुले खेलाडी बसेको होटल अगाडि समेत नाराबाजी गरेका थिए ।

प्रिमियर लिगले खेलको अर्को मिति केही समयमा तोक्ने जनाएको छ ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय