Comments Add Comment

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

२० वैशाख, काठमाडौं । पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ ।

नियमित कप्तान लोकेश राहुल एपेन्डिसाइटिसका कारण अस्पताल भर्ना भएपछि अग्रवालले पञ्जाबको कप्तानी सम्हालेका थिए । जहाँ उनले कप्तानी डेब्युमै अविजित ९९ रन बनाउँदा पञ्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै दिल्लीलाई १६७ रनको लक्ष्य दिएको थियो । दिल्लीले  १७.४ ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

यस जितपछि दिल्लीले ८ खेलबाट १२ अंक जोड्दै चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरमाथि २ अंकको स्पष्ट अग्रता बनाएको छ । बेंगलोरले सोमबार कोलकता नाइट राइडर्ससँग खेल्दैछ । सिजनको पाँचौ हारपछि ८ खेलबाट ६ अंक रहेको पञ्जाब छैटौं स्थानमा छ ।

दिल्लीका लागि ओपनर शिखर धवनले अविजित रहँदै सर्वाधिक ६९ रन बनाए । उनले ४७ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै अर्को ओपनर पृथ्वी शले ३९ रन जोडे । स्टिभ स्मिथ २५ र कप्तान ऋषभ पन्त १४ रन बनाएर आउट भए । शिमरोन हेतमायरले ४ बल खेल्दै एक चौका र दुई छक्का मद्दतमा अविजित १६ रन बनाए ।

पञ्जाबका रिले मेरेडिथ, हरप्रित ब्रार र क्रिस जोर्डनले १-१ विकेट लिए ।

त्यसअघि अग्रवालले ५८ बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा अविजित ९९ रन बनाएका थिए । यस्तै आईपीएलमा डेब्यु गरेका विश्व नम्बर वान टी-२० ब्याट्सम्यान डेविड मालानले २६ बलमा २६ रन बनाए ।

दिल्लीका कागिसो रबाडाले ३ तथा आभेष खान र अक्सर पटेलले ११ विकेट लिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment