Comments Add Comment

साइकलमा श्रीमतीको शव बोकेको भाइरल तस्वीर कति सत्य ?

२० वैशाख, काठमाडौं । उत्तर प्रदेशको जौनपुर जिल्लाको मडियाहूं थाना क्षेत्रको अम्बरपुर गाउँको एक तस्वीर इन्टरनेटमा दुःखद् कमेन्टसहित भाइरल भयो । यस तस्वीरमा एक व्यक्तिले आफ्नी पन्तीको शवलाई साइकलमा राखेर उभिएको दुःखद् तस्वीर देखाइएको छ । केही तस्वीरमा उनले आफ्नी मृत श्रीमतीको शवलाई समाएर बसेको तस्वीर भाइरल भएको हो ।

उनी ५५ वर्षीय तिलकधारी सिंह हुन् । उनकी पत्नी राजकुमारी देवीको मंगलबार जैनपुरको सदर अस्पताल बाहिर कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । सरकारी एम्बुलेन्सले राजकुमारीको शवलाई गाउँसम्म त पुर्‍याइदियो । तर कोरोनाको डरका कारण उनकी श्रीमतीको अन्तिम संस्कारको लागि गाउँका कोही पनि आउन मानेनन् । त्यसपछि उक्त महिलाको जौनपुर प्रहरीले नै अन्तिम संस्कार गराएको थियो ।

अन्तिम संस्कारमा भयो विरोध

जौनपुरका अतिरिक्त प्रहरी अधीरक्षक (ग्रामीण) त्रिभुवन सिंहका अनुसार तस्वीर प्रहरीसम्म पुगेपछि मडियाहू थानाका प्रहरी गाउँ पुगे र अन्तिम संस्कार गराए । तर त्यतिबेला पनि गाउँका कोही पनि अन्तिम संस्कार गराउन आएनन् ।

त्रिभुवन सिंहका अनुसार प्रहरीले गाउँको नजिकै रहेको सानो नदीको किनारामा ती महिलाको अन्तिम संस्कार गराउन लागेको थियो । तर यसबारेमा गाउँलेले विरोध गरेपछि प्रहरीले जौनपुरको रामघाटमा महिलाको अन्तिम संस्कार गराएको थियो ।

सिंह भन्छन् ‘जब प्रहरी गाउँमा पुगेको थियो तब तिलकधारी सिंह लासको नजिकै बसिरहेका थिए । गाउँका केही व्यक्ति त्यहाँ उपस्थित पनि भएका थिए ।

सोही गाउँका एक युवक चन्दन सिंहले तिलकधारी सिंहको घर गाउँबाट छुट्टै रहेको र आफ्नी श्रीमतीको मृत्युको बारेमा उनले कसैलाई पनि खबर नगरेको दाबी गर्छन् ।

पत्नीलाई लगेका थिए अस्पताल

चन्दन सिंहका अनुसार राजकुमारी देवीको स्वास्थ्य केही दिनदेखि खराब भइरहेको थियो । सोमबार तिलकधारी सिंहले आफ्नी पत्नीलाई सदर अस्पतालसम्म पु¥याएका थिए । तर उनले अस्पतालमा पत्नीलाई भर्ना गराउन सकेनन् ।

चन्दनका अनुसार तिलकधारी मोबाइल बोक्दैनन् । जब पत्नीको मृत्यु भयो त्यसपछि उनले पत्नीको शव लिएर घर फर्किए । पत्नीको मृत्यु भएको दिन करिब साढे ११ बजे उनले पत्नीलाई घर ल्याएका थिए । कोरोनाका कारण अधिकांश व्यक्ति घरमै रहेकोले कसैले पनि थाहा नपाएको चन्दनले बताए ।

चन्दन भन्छन् ‘घर ल्याएर उनले कसैलाई पनि नभनी शवलाई साइकलमा राखिरहेका थिए । त्यतिबेला दिउँसोको साढे २ जति बजेको थियो होला । उनको साइबलबाट बीचैमा शव झर्यो । नजिकैको नदी किनारामा अन्तिम संस्कार गर्न खोज्दा गाउँलेले विरोध गरे ।’ चन्दन स्वयंले उनकी पत्नीको अन्तिम संस्कारमा दाउरा खोज्न सहयोग गरेको बताए ।

चन्दन भन्छन् ‘गाउँका २०/२२ जना आएका थिए । उनीहरुले महिलाको शवलाई काँध थापेका थिए । सबै मिलेर शवलाई नदी किनारसम्म ल्याइयो । तर अर्काे गाउँका मान्छेले विरोध गरेर त्यहाँ जलाउन सकिएन ।

दाबीमा देखियो विरोधाभास

यति हुँदाहुँदै पनि स्थानीय पत्रकार र प्रंहरी अधिकारीले भने राजकुमारीको अन्तिम संस्कारको लागि प्रहरी पुग्नुपूर्व कोही पनि गाउँले त्यहाँ पुगेका थिएनन् । जब प्रहरी मृतकको घरमा पुग्यो र नदीको किनारामा पु¥याएर अन्तिम संस्कारको तयारी ग¥यो । तब स्थानीयले कोरोना महामारीको हवाला दिँदै विरोध गरे ।

अतिरिक्त पुलिस अधीरक्षक त्रिभुवन सिंह भन्छन् ‘जब प्रहरी टीम गाउँ पुग्यो, त्यतिबेलासम्म अन्तिम संस्कार गराउनको लागि कोही आएनन् । प्रहरी टीमले पूरै विधिविधान पूरा गरेर अन्तिम संस्कार गराए ।

स्थानीय पत्रकार आरिफ हुसेन भन्छन् ‘साइकलवाला तस्वीर भाइरल भएपछि प्रहरी मृतकको घरमा पुगेको थियो । गाउँका कोही पनि व्यक्ति सामने आएनन् । अहिले गाउँलेहरु यस घटनाप्रति आत्मालोचना गरिरहेका छन् ।

चन्दन सिंहका अनुसार अम्बरपुरको उक्त सानो गाउँमा ४५० जना जतिको बसोबास रहेको छ । अहिलेसम्म उक्त गाउँमा ५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

चन्दन भन्छन् ‘यदि गाउँमा टेस्ट गराउने हो भने यो संख्या अझै धेरै हुने गर्छ । यहाँका मान्छेमा कोरोनाको महामारीको ठूलो भय छ । धेरै गाउँलेहरु या त खेती गर्न बारीमा जान्छन्, फर्किएपछि घरमा नै बस्ने गर्छन् ।’

तिलकधारी सिंह गाउँमा आफ्नी पत्नीका साथ एक्लै बस्ने गर्थे । उनकी छोरी छिन् तर उनको विवाह भइसकेको छ । उनको एक छोरा पनि छन् । तर उनी अहिले दिदीको घरमा नै बस्ने गर्छन् । तिलकधारीको आर्थिक अवस्था त्यति राम्रो छैन ।
–बीबीसी हिन्दीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment