+
+
Shares

बिहेमा सरिक भएकासहित कञ्चनपुरमा थप दुई संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते ८:५९

धनगढी । कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १३ र १९ का दुई जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाका अनुसार वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमै बसेकी एक महिलाको आइतबार राति मृत्यु भएको हो । भीमदत्त नगरपालिका १९ का ३७ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार राति अस्पताल ल्याइएको थियो । उनको राति करिब साढे तीन बजेतिर मृत्यु भएको डा. रोकायाले बताए ।

यस्तै, एक हप्ताअघि नातिनीको विवाहमा सरिक भएकी भीमदत्त नगरपालिका १३ की ७४ वर्षीया महिलाको आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल ल्याइएकी उनको उपचारका क्रममा मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति डाक्टर रोकायाले जानकारी दिए ।

आइतबार नै अस्पतालमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । पारिवारिक स्रोतका अनुसार उनी वैशाख १३ गते नातिनीको विवाहमा सरिक भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?