+

दुई खेलाडीलाई कोरोना संक्रमण भएपछि कोलकाता र बेंगलोरबीचको खेल स्थगित

२०७८ वैशाख  २० गते १३:२७ २०७८ वैशाख २० गते १३:२७
दुई खेलाडीलाई कोरोना संक्रमण भएपछि कोलकाता र बेंगलोरबीचको खेल स्थगित

२० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ ।

कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण भएपछि अहमदावादमा सोमबार राति हुने भनिएको खेल स्थगित भएको क्रिकइन्फोले जनाएको छ । कोलकाताका स्पिनर वरुण चक्रवर्ती र फास्ट बलर सन्दीप वारियरलाई कोरोना संक्रमण पुष्टि भएको क्रिकइन्फोले जनाएको छ । यसबारे दुवै फ्रेन्चाइज र आईपीएलले भने केही सार्वजनिक गरेका छैनन् ।

कोलकाता र बेंगलोरबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे शुरु हुने तय भएको थियो ।

यो सिजन लिगमा ७ खेलबाट ५ जितसहित १० अंक जोडेको बेंगलोर तेस्रो स्थानमा छ । यस्तै ७ खेल खेल्दा २ जितबाट ४ अंक मात्र जोडेको कोलकाता सातौं स्थानमा छ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय