+
+
Shares

पोखरा विश्वविद्यालय पनिकाको सबै सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते १४:०३

२० वैशाख, कास्की । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि सबै सेवा बन्द गरेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेका कारण विश्वविद्यालयको पनिकाबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरेको हो ।

पनिकाले सूचना जारी गर्दै विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरस कोभिड-१९ को संक्रमण नेपालमा समेत तीव्र गतिले फैलिइरहेको अवस्थालाई मध्यनजर गरी कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्देशन अनुसार सबै सेवा बन्द गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?