Comments Add Comment

अप्रिलमा नेपाल आए २२ हजार ४५० विदेशी

२० वैशाख, काठमाडौं । नेपालमा पछिल्लो एक महिनाको अवधिमा साढे २२ हजार विदेशी नागरिक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार अंग्रेजी महिना अप्रिलमा विदेशबाट कुल २२ हजार ४ सय ५० विदेशी नागरिक नेपाल आएका छन् ।

एकातर्फ नेपालभित्र पर्वतारोहणको मौसम र अर्कोतर्फ भारतीय नागरिकले नेपाललाई ट्रान्जिट गन्तब्य बनाएका कारण पर्यटक आगमनको आंकडा बढी देखिएको हो । यो संख्या पछिल्लो एक वर्षयताकै सर्वाधिक आगमन हो ।

तथ्यांकअनुसार अपि्रल २०२१ मा भारतबाट १३२०२ जना भारतीय नागरिक नेपाल आएका छन् । नेपालबाट ११३२१ भारतीय नागरिक बाहिरिएका छन् । भारतमा बढ्दो संक्रमणका बीच नेपाललाई भारतीय नागरिकले ट्रान्जिट बनाउन थालेपछि अहिले भने सरकारले नेपाललाई गन्तब्य बनाएर मात्र आउन पाउने नियम बनाएको छ । नेपालमा केवल ट्रान्जिटका लागि आउन पाइँदैन ।

अप्रिल महिनामा अमेरिकाबाट २७४० जना पर्यटक नेपाल आएका छन् । यो अवधिमा चीनबाट भने ८ सय ३ जना नागरिक आएको तथ्याङ्क छ । रुसबाट ६८५ जना आएका छन् । यसअवधिका यूरोपका विभिन्न मुलुकबाट समेत पर्याप्त मात्रामा पर्यटक आएको देखिएको छ ।

बेलायतबाट ५४० जना आएका छन् । युक्रेनबाट ३१३, जर्मनीबाट २१९, फ्रान्सबाट १६१, टर्कीबाट १९३, पोल्याण्डबाट १७४, नेदरल्याण्ड्सबाट १३६ जना पर्यटक नेपाल आएका छन् । पाकिस्तानबाट २१० र क्यानडाबाट १८५ जना नेपाल आएको तथ्यांक विभागको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment