Comments Add Comment

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार, थप दुई मन्त्रीले लिए सपथ

मुख्यमन्त्री शंकर पोखरेल ।

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी मन्त्री नियुक्त भएका हुन् ।

पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्री र रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको सपथ ग्रहण गरेकी हुन् । मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ गराए ।

वैशाख ६ गते विस्तार गरिएको मन्त्रिपरिषदमा उनीहरु दुवैजना साविक मन्त्रालयमै थिए । ७ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित एमालेका ३ जना छन् । जसपामा राज्यमन्त्रीसहित ४ जना पुगेका छन् ।

उनीहरु दुबैजना जनता समाजवादी पार्टीको कारवाहीमा परेर सांसद पदबाट मुक्त भएका हुन् । उनीहरुसहित यसअघि जसपाकै सन्तोष पाण्डे र विजयबहादुर यादवलाई पनि मुख्यमन्त्रीले क्रमशः भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।

पाण्डे र यादव पनि पार्टीको कारवाहीमा परेर सांसद पदमुक्त हुन् । मुख्यमन्त्री शंकर पोखरेललविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनीहरुलाई संसदीय दल र पार्टीको निर्णय उल्लंघन गरेको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले कारवाही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment