Comments Add Comment

स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अघि बढायो

२१ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले अक्सिजन सिलिण्डर र अक्सिजन कन्सेन्ट्रेटर खरिद प्रक्रिया अघि बढाएको छ । निर्देशनालयले ‘विशेष परिस्थितिमा तत्काल खरिद गर्नुपर्ने भएको’ भन्दै मंगलबार एक सूचना प्रकाशित गरेको छ ।

निर्देशनालयले १० लिटरको २०० र ४६ लिटरको ३०० थान अक्सिजन सिलिण्डर खरिद गर्न चाहेको छ । यसैगरी ५ लिटर क्षमताका ४० र १० लिटर क्षमताका ६० थान अक्सिजन कन्सेन्ट्रेटर खरिदका लागि पनि प्रस्ताव आह्वान गरिएको छ ।

आपूर्तिकर्तालाई आवश्यक कागजातसहित तीन दिनभित्र मूल्यको उचित प्रस्ताव पेश गर्न भनिएको छ । आपूर्तिकर्तालाई मूल्य र आपूर्ति गर्नसक्ने समयअवधिसहितको प्रस्ताव, अद्यावधिक कम्पनी वा फर्म दर्ता प्रमाणपत्र, प्यान/भ्याट दर्ता प्रमाणपत्र, आर्थिक वर्ष ०७६/७७ को चुक्ता प्रमाणपत्र, क्याटलग÷डाटासिट र गुणस्तर प्रमाणपत्र आफ्नो आधिकारिक इमेलबाट निर्देशनालयको इमेल ठेगानामा वैशाख २४ गते साँझ ५ बजेभित्र पठाउन भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment