+
+
Shares

दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १०:३७

२२ वैशाख, दाङ । दाङको घोराही–मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार दुईजना घाइते भएका छन् ।

बा १३ च ८०४८ नम्बरको स्कारपियो जित गएराति घोराही उपमहानगरपालिका वडा नं. ४ को उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा चालक विष्णु गिरीको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिकाका बसन्त भण्डारी र राजकुमार थापा घाइते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

राति दुर्घटना भएकाले कसैले थाहा नपाएको र बुधबार बिहान देखेपछि मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?