+
+
Shares

निषेधाज्ञामा रोड मार्किङको चटारो 

आर्यन धिमाल आर्यन धिमाल
२०७८ वैशाख २२ गते ११:४५

२२ वैशाख, काठमाडौं । अहिले काठमाडौं उपत्यकाका अधिकांश निर्माण साइट बन्द छन् । निषेधाज्ञा लागेपछि श्रमिक घर फर्किएका छन् भने ठेकदारहरु पनि सवारीको पास र काम जारी राख्ने अनुमति नपाएको भन्दै हात बाँधेर बसेका छन् । तर, सडक विभागले सडक संकेत चिन्ह कोर्ने काम (रोड मार्किङ) गर्ने काम भने निषेधाज्ञाको मौका पारेर नै तीव्र पारेको छ ।

सडकमा आवागमन कम हुँदा काम गर्न सहज भएकाले विभागले मार्किङको काम गर्न यही समय रोजेको हो । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताउँछन् ।

‘जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै मार्किङ गरिरहेका छौं,’ उनले भने,’कामदारहरुबीच सामाजिक दूरी कायम राखेर काम हुँदैछ ।’

गाडीको चाप घटेका बेला ढुक्कसँग काम गर्न सक्न भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गरिएको नेपालीको भनाइ छ । सडक विभागले निषेधाज्ञा अघिसम्म काठमाडौंका विभिन्न सडकहरुमा कालोपत्रे थालेको थियो । तर, निषेधाज्ञा लागेपछि काम रोकिएको छ ।


#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?