+
+
Shares

चितवनमा थपिए १३० जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १३:११

२२ वैशाख, चितवन । चितवनमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भरतपुर अस्पतालमा २२४ नमुना परीक्षण गर्दा जिल्लाका १०१ जना र बाहिरी जिल्लाका २९ जना गरी १३० जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको छ ।

थपिएका संक्रमतिमध्ये अधिकांश भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिकाका ४६ पुरुष र ४२ महिला गरी ८८ जना, रत्ननगर नगरपालिकाका ८ जना, खैरहनीका २, कालिका नगरपालिकाका १ तथा माडी नगरपालिकाका २ जना छन् ।

बाँकी २९ जना संक्रमित नवलपुर, गोरखा, नुवाकोट, पर्वत, काठमाडौं र बाराका हुन् । चितवनमा करिब १५ सय जना सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?