Comments Add Comment

ममता बनर्जीको विषयमा आपत्तिजनक ट्विटपछि कंगनाको एकाउन्ट सस्पेन्ड

बलिउडमा नायिका कंगना रनावत आफ्नो आपत्तिजनक र विवादास्पद ट्विटका कारण चर्चामा छिन् । उनी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी कट्टर समर्थक हुन् । उनी, मोदी विरोधीहरुको विषयमा कडा ट्विट गर्न अग्रसर छिन् । यसैले पनि उनको ट्विटर एकाउन्ट बारम्बार सस्पेन्ड हुने गरेको छ ।

हालैमात्र, भारतको पश्चिम बंगालमा ममता बनर्जीको पार्टीले चुनाव जितेपछि उनले आलोचना गरिन् । मोदीको पार्टी भाजपाले निर्वाचनमा पराजय व्यहोरेपछि कंगना आक्रोशित भइन् । उनले, पश्चिम बंगालमा राष्ट्रपति शासन लागू गर्नुपर्ने र मोदीले विराट रुप धारणा गर्नुपर्ने आशयको ट्विट गरिन् । यो ट्विटले हिंसा भड्काउने भन्दै ट्विटरले उनको एकाउन्ट नै सस्पेन्ड गरिदिएको छ ।

यसअघि पनि उनले बारम्बार हिंसा भड्काउने खालका ट्विट गरेपछि ट्विटरले उनको एकाउन्ट सस्पेन्ड गर्दै खोलिदिएको थियो । कंगनाले भने ट्विटरले आफ्नो एकाउन्ट सस्पेन्ड गरेपछि भारतमै निर्माण गरिएको सामाजिक संजाल प्रयोग गर्ने चुनौती बारम्बार दिंदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment