Comments Add Comment

सिजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर बजारमा

बढ्दो कोरोना भाईरसलाई मध्य नजर गरि हालै सि.जी. ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सि.जी.ले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ ।

हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले तपाईको खानालाई स्वस्थ त बनाउँदछ नै साथ साथै किचेको पनि शोभा बढाउँदछ । यो प्युरिफायर तपाईले १० लिटरको क्षमतामा बजारमा पाइन्छ । यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु पनि प्रशोधित गर्दछ । प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दुध खाने बोतल आदी पनि प्रशोधित गर्दछ ।

यसमा ओजोन डिस् इन्फेक्सन टेक्नोलोजि भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फंगस आदिलाई मारेर खानालाई प्रोशोधित गर्दछ । यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्वहरुलाई भने जस्ताको तेस्तै राख्ने गर्दछ ।

यसमा अटोमेटिक टाईमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ । कम्पनीले यसको खरिदमा १२ महिनाको वारेण्टीको पनि ब्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment