Comments Add Comment

अमेरिकाको न्युजर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय शाहको शव फेला

२३ वैशाख, अमेरिका । नेपालको सिराहा जिल्लाबाट अमेरिकाको न्यू जर्सीमा बसोबास गर्ने विद्यार्थी अजय साहको शव फेला परेको छ । गत जनवरीदेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेर पहिचान सार्वजनिक गरेको हो । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

साह गत जनवरी १८ देखि हराइरहेको उनका दाइ शिव साहले जानकारी दिए । शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु पनि अमेरिकाकै टेक्ससमा बसोबास गर्दै आएकाले उनी भाइको खोजीको लागि टेक्ससबाट न्युजर्सी आएका थिए ।

२२ वर्षीय साहको गत सोमबार उनको शवको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ ।

अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनको लागि चढेको खुलासा भएको छ । गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका सिसि क्यामरामा पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफू साथ क्यामरा भिरेको देखिएको थियो ।

अभियोगको कार्यालयले सोमबार थप प्रमाणहरूको खोजी नगरुन्जेलसम्म उनी बेपत्ता भएको विषयलाई रहस्यमयी हिसाबले हेरिएको थियो । अधिकारीहरूले मार्च ९ मा उनको शव एङ्कोरेज नहरमा फेला पारेका हुन् ।

गत अप्रिल २५ मा न्यू योर्क प्रहरी विभागले मोरिस काउन्टीको हराइरहेको व्यक्ति बारे इकाईलाई सूचित गरेको थियो । बेपत्ता भएका अजय शाहलाई अन्तिम पटक न्युजर्सीको नेवार्क-पेन स्टेसनमा राती ११:३७ मिनेट, जनवरी १९,२०२१ को दिनसम्म देखिएको थियो । अझ पनि शव परिवारलाई हस्तान्तरण गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment