
हामी चाहन्छौं, जीवनभर निरोगी हुन पाइयोस् । अस्पताल धाउन नपरोस् । दीर्घ जीवन बाँच्न पाइयोस् । सधै खुसी र सुखी रहन पाइयोस् । तर, कसरी ?
यसका लागि ठूलै काम गर्नु पर्दैन । हाम्रा दिनचर्यासँग जोडिएका स–सना कुराहरुमा ध्यान दिए पुग्छ । जीवनशैली, खानपान र चिन्तन सही हुन जरुरी हुन्छ । स्वस्थ र सुखी जीवनका लागि अनुशसित दिनचर्या अपनाउनुपर्छ । शारीरिक सरसफाईदेखि लिएर सन्तुलित खानपानसम्मले हामीलाई दीर्घ जीवन प्राप्त हुन्छ ।
शारीरिक सरसफाई
जहिले पनि बाहिरबाट घर आएपछि कुनै पनि वस्तुलाई छुनुअघि, तथा खाना बनाउनु र खाना खानुअघि हातलाई सावुन पानीले मज्जाले धुनुपर्छ । घरमा साना बच्चाहरु छन् भने यो झन् जरुरी हुन्छ । बच्चालाई समात्नुअघि राम्रोसित हात धुनुपर्छ वा सेनेटाइजर प्रयोग गरौं ।
घरको सरसफाई
घरको सफाईमा विशेष ध्यान दिनुपर्छ । खासगरी भान्सा तथा शौचालय सफा हुनुपर्छ । पानी जम्न दिनु हुँदैन । सिंक, वास बेसिन आदि ठाउँहरु नियमितरुपमा सफा गरौं । फिनेल, फ्लोर क्लिनर आदिको उपयोग गरौं ।
तजा खानपान
ताजा तरकारी तथा फलफुलहरु सेवन गरौं । उपयोगमा आउने मसला, अन्न तथा अन्य सामग्रीको भण्डार पनि सही तरिकाबाट गर्नुपर्छ । मिति गुज्रिएको बस्तुहरुको सेवन नगरौं ।
काँचो तथा पाकेको खानालाई अलग अलग राखौं । खाना पकाउन तथा खानका लागि उपयोगमा आउने भाँडाकुडा, फ्रिज, ओभन आदिलाई राम्ररी सफा गरौं । चिसो भाँडालाई कहिले पनि ¥याकमा नराखौं । साथै राम्ररी नसुकेका डिब्बाहरुलाई बिर्को लगाएर नराखौं ।
अत्याधिक तेल, मसलाबाट बनेको खानेकुरा नखाने । खानालाई सही तापक्रममा पकाउनुपर्छ । बढि पकाएर तरकारीको पौष्टिक तत्व नष्ट नगरौं । सँधै ताजा भोजन खानुपर्छ ।
सन्तुलित खाना
खानामा सलाद, दही, दूध, हरियो तरकारी, दाल, गेडागुडी आदिका प्रयोग गरौं । खानामा जति धेरै विविधता भयो त्यति नै राम्रो । खाना पकाउन तथा पिउनका लागि सफा पानीको उपयोग गरौं । तरकारी तथा फलफुललाई राम्ररी धोएर मात्रै प्रयोगमा ल्याउनुपर्छ ।
खराब खानपान त्याग्ने
खाना पकाउनका लागि सोयाबिन, सनफ्लावर र जैतुनको तेललाई प्राथमिकता दिनुपर्छ । खानामा चिनी तथा नून दुवैको कमभन्दा कम प्रयोग गरौं । जंगफुड, सफ्ट ड्रिंक तथा आर्टिफिसियल चिनीबाट बनेको जूस आदिको उपयोग नगरौं । राति सकभर हल्काफुल्का खाना खानुपर्छ । सुत्नुभन्दा अगाडि १५÷२० मिनेट घुमफिर गर्नु राम्रो हुन्छ ।
विश्राम
आफ्नो विश्राम गर्ने तथा सुत्ने कोठालाई सफा सुग्घर, हावादार तथा खुल्ला राखौं । तन्ना, तकियाको खोल र पर्दालाई नियमितरुपमा फेर्ने गरौं ।
ध्यान र योग
योगा तथा ध्यानको प्रयोग एकाग्रता बढाउन तथा तनावबाट टाढा रहनका लागि आवश्यक छ । त्यसैले बिहानको समयमा यसका लागि समय निकाल्नुपर्छ । बिहान चाँडै उठ्नुस र खुल्ला हावामा व्यायाम अथवा योगा गरौं ।
व्यायाम
दैनिक कुनै एक व्यायाम गरौं । यसका लागि कमसेकम आधा घन्टा समय दिनुपर्छ र व्यायामको तरिका बदल्नुपर्छ ।
स्वास्थ्य परीक्षण
४५ वर्ष उमेर काटेकाहरुले आफ्नो नियमित स्वास्थ्यपरिक्षण गराउनुपर्छ । डाक्टरले दिएको औषधि नियमिरुपमा सेवन गरौं । प्रकृतिसँग नजिक रहने समय निकालौं। बच्चाहरुसँग खेल्नुस र परिवारसँग हल्काफुल्का मनोरञ्जनका लागि पनि समय निकाल्नुपर्छ । आफूर्लाइ धेरै गंभिर वा भावुक नबनाउने र रिसलाई आफूमाथि हावी हुन नदिने ।
प्रतिक्रिया 4