Comments Add Comment

बालबच्चालाई घरमा छाड्दै हुनुहुन्छ ?

कहिले काहीँ बालबच्चालाई एक्लै घरमा छाड्नुपर्ने बाध्यता आइलाग्छ । घरमा परिवारका अन्य सदस्य नहुन सक्छन् । आमा र बुवा काम विशेषले बाहिर निस्कनुपर्ने हुन्छ । यस्तो अवस्थामा बालबच्चा एक्लै घरमा छाड्नुअघि केही सर्तकता अपनाउनुपर्छ । किनभने कहिले काहीँ सामान्य कुरामा ढंग नपुग्दा त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ । यस्ता संभावित दुर्घटनाबाट बच्नका लागि आमाबुवाले केही कुरामा ध्यान पु¥याउन जरुरी छ ।

मोबाइल आवश्यक

बालबालिकाहरु घरमा एक्लै हुँदा उनीहरुसँग मोबाइल हुनु अति आवश्यक छ । यस्तो अवस्थामा बच्चालाई कुनै समस्या प¥यो वा तपाईंले बच्चासँग कुरा गर्नुप¥यो भने तत्कालै फोन गर्न सकिन्छ । यसबाट छोराछोरीहरुसँग लगातार सम्पर्कमा बस्न सक्नुहुन्छ र उनीहरु के गरिरहेका छन् भन्ने जानकारी लिन सकिन्छ ।

कोठामा बन्द नगरौं

कोही आमाबाबु यस्ता पनि हुन्छन् कि बच्चालाई सुरक्षित राख्ने बहानामा कोठाको ढोका बन्द गरिदिएर काममा हिँड्छन् । आफूहरु नभएको बेलामा बच्चा बाहिर ननिस्किउन् भन्ने उनीहरुको आशय हुन्छ । तर यसो गर्नु घातक हुन सक्छ । बच्चालाई कहिले पनि कोठाभित्र बन्द गरेर हिँड्नु हुँदैन । मानौं भुकम्प आयो वा आगलागी भयो भने त्यतिबेला उनीहरु भित्रै थुनिन्छन् ।

चुकुल खोल्न सिकाउनुपर्छ

बच्चाले ढोकाको चुक्कुल खोल्न वा बन्द गर्न जानेको हुनुपर्छ । आमाबाबु घरमा नभएको बेला त यो झन् आवश्यक छ । ताकि उनीहरु आवश्यक पर्दा घरबाट बाहिर निस्किन र घरभित्र पस्न सकुन् ।

खाने–पिउने सामानको व्यवस्था

घरबाट निस्कदा बाबुआमाले टेबलमा केही खाने पिउने कुराहरु राखिदिनुपर्छ । बच्चाहरु धेरै खेल्ने र उफ्रिने कारणले चाँडै थाक्छन् । उनीहरु किचनमा जानु ठिक हुँदैन । त्यसैले लिभिङ रुममा नै खानेकुराहरु राखिदिनुपर्छ ।

काम दिने

यदि आफूहरु घरमा नभएको बेला बच्चाले उपद्रो गर्लान् वा बाहिर बरालिएर हिँड्लान् भनेर चिन्तित भइन्छ । यस्तो अवस्थामा उनीहरुका लागि कुनै गेम वा होमवर्क दिएर जाने गरौं, ताकि उनीहरु त्यसैमा व्यस्त रहुन् र घरबाहिर निस्किएर नबरालिउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment