
२३ वैशाख, बाँके । बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दाङ शान्तिनगर-६की ७५ वर्षीया महिलाको विहीबार विहान ९: १५ बजे नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते कोरोना संक्रमण देखिएको उनलाई वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरले जनाएको छ ।
यस्तै कोहलपुर-१ बाँकेका ७३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । काठमाडौबाट घर लैजाँदै गर्दा बिहीबार विहान ५ बजे बाटोमै मृत्यु भएको बाँकेका कोरोना फोकल तेज ओलीले जानकारी दिए । उनको आजै बिहान काठमाडौँको डिकोड ल्याबमा पीसीआर परीक्षण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4