
२३ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा बाँकेका एकजना महिला र एकजना पुरुषको बिहीबार मृत्यु भएको हो ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–८ की ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका–८ का ३७ वर्षीय पुरुष रहेका छन् ।
५५ वर्षीया महिलाको बिहीबार मध्यान्ह १२ बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो ।
ओलीका अनुसार ३७ वर्षीय पुरुषको बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख ८ गते संक्रमण पुष्टि भएको थियो ।
बाँकेमा यसअघि बुधबार राति र बिहीबार बिहान मात्रै १२ जना संक्रमितको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4