+
+
Shares

यात्रुसँग बढी भाडा लिएको आरोपमा कलंकीबाट दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते १७:०१

२३ वैशाख, काठमाडौं । यात्रुसँग बढी भाडा लिएको आरोपमा कलंकीबाट ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कलंकी चोकमा रहेको बस काउण्टरका दुई जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा खोटाङ घर भई कलंकी बस्ने ३५ वर्षीय भीमबहादुर खड्का र रौतहट घर भई खसीबजार बस्ने ५० वर्षीय वैजनाथ चौधरी रहेका छन् ।

काठमाडौंदेखि झापा तथा मोरङको नियमित भाडा एक हजारदेखि एक हजार २०० रुपैयाँ भएपनि यात्रुसँग दुई गुणा बढी २ हजार ५०० का दरले भाडा उठाएको पाइएपछि उनीहरुलाई महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले काठमाडौं उपत्यकाको चक्रपथमा चल्ने बा ४ ख १९२५ नम्बरको पाथिभरा दर्शनको बसमा यात्रु लैजाने गरी टिकट काटेको पाइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?