+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

‘महामारी नियन्त्रणका लागि एकजुट हुनुको विकल्प छैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १०:०१

२४ वैशाख, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले महामारी नियनत्रणका लागि सरकार, निजी क्षेत्र लगायत सबै एकजुट हुनु पर्ने बताएको छ । महासंघका अध्यक्ष नरेश कटुवालले वक्तव्य जारी गर्दै दोस्रो भेरियण्टको कोरोना भाइरसको जोखिम उच्च देखिएको र यसको नियन्त्रणका लागि महासंघ आवश्यक सहकार्यका लागि तयार रहेको बताएका छन् ।

सरकार वा निजी क्षेत्र एक्लैले नभई सहकार्य गरेर काम गर्ने हो र सर्वसाधारणहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने हो भने महामारी चाडै नियन्त्रणमा आउने उनले बताए ।

पछिल्लो समय अस्वभाविक रुपमा अत्यावश्यक वस्तुहरुको मूल्य बढेको खबर आएको भन्दै उनले यसले आफूलाई दुःख लागेको बताएका छन् । ‘यो अवस्थामा भनेको सबैले मिलेर सामना गर्ने बेला हो, एकले अर्कालाई सहयोग गर्ने बेला हो’ अध्यक्ष कटुवालले भने, ‘यस्तो बेलामा निजी क्षेत्रले पनि सरकारलाई सकेको सहयोग गर्नुपर्छ, सरकारले पनि निजी क्षेत्रसँगको सहकार्यमा काम गर्नु पर्छ, यो बेलामा मूल्य वृद्धि जस्ता कुराहरु हुनै हुँदैन ।’

समस्यामा परेका उद्योगी व्यवसायीहरु तथा जोकोहिका लागि समन्वय गर्न पनि महासंघ तयार रहेको उनले बताए ।

‘महामारीको प्रभाव उद्योग व्यवसाय लगायत विभिन्न क्षत्रमा पनि निकै ठूलो देखिएको छ’ उनले भने, ‘कोहि समस्यामा परेका भए यथासक्दो राहत सामाग्री, औसधी उपचार वा के गर्न गर्न सकिन्छ गर्नुहुन म सम्पूर्ण उद्योगी व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?