Comments Add Comment

बालुवाटारमा एमाले शीर्ष नेताहरुको बैठक जारी

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा शीर्ष नेताहरुको बैठक बोलाएका छन् । राष्ट्रियसभाको उम्मेद्वारबारे छलफल गर्न बोलाइएको बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

‘राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेद्वार तय गर्न र अरु राजनीतिक विषयमा छलफल गर्न बैठक बसिरहेको छ’, केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने । गृहमन्त्री रामबहादुर थापा बादल एमाले प्रवेश गरेपछि रिक्त स्थानमा ६ जेठमा उपनिर्वाचन हुँदैछ ।

त्यसका लागि आजै उम्मेद्वारी दर्ता गर्नुपर्ने भएकाले उम्मेद्वार तय गर्न बैठक बोलाइएको हो । गएको १० वैशाखमै रिक्त स्थानमा बादललाई उम्मेद्वार बनाउने टुंगो लागेको थियो ।

तर, ओली बाहेक लगभग सबै दलले खिमलाल देवकोटालाई साझा उम्मेद्वार बनाउने निर्णय पछि बादल पछि हटेका छन् । उनले नजित्ने चुनावमा उम्मेद्वार हुन मानेका छैनन् ।

यसपछि विहीबारको बैठकले राष्ट्रियसभामा चुनाव जित्नेगरी वातावरण बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment