Comments Add Comment

कार्तिक र जानवीको सम्बन्ध विग्रियो

बलिउडमा कलाकारको सम्बन्ध विग्रिएको र सुध्रिएको खबर बारम्बार आइरहन्छ । पछिल्लो समय यस्तै सूचीमा सवैभन्दा अगाडि आउँछन्, नायक कार्तिक आर्यन । उनको नाम बलिउडका नायिकाहरुसँग खुबै जोडिन्छ ।

केही समय अगाडि उनको नाम नायिका साराअली खानसँग जोडिएको थियो । तर, यी दुइविच पनि ब्रेकअप भएको खबर सार्वजनिक भैसकेको छ । चलचित्र ‘दोस्ताना २’मा जोडिएपछि भने कार्तिक र नायिका जानवी कपुरको नाम जोडिएको थियो । कार्तिक र जानवी प्रेममा रहेका खबर सार्वजनिक भयो ।

तर, केही साता अगाडि मात्र कार्तिकले चलचित्र ‘दोस्ताना २’ छाडेको खबर सार्वजनिक भएको थियो । चलचित्रका निर्माता करण जोहरले कार्तिकलाई अबदेखि आफ्ना कुनै पनि प्रोजेक्टमा नलिने घोषणा नै गरे ।

तर, यसको पछाडि नायिका जानवी कपुरसँग कार्तिकको सम्बन्ध विग्रनुलाई लिइएको छ । कार्तिक र जानवी प्रेममा रहेको र उनीहरुविच सम्बन्ध विग्रिएपछि करण जोहरसँग पनि उनको सम्बन्ध चिसिएको बलिउड मिडियाले उल्लेख गरेका छन् ।

जानवीले कार्तिकसँगको मित्रता पूर्ण रुपमा तोडेपछि ‘दोस्ताना २’को टिमअपमा असर परेको मिडियामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment