Comments Add Comment

पर्सागढी नगरपालिकामा संक्रमितलाई निःशुल्क उपचार, एम्बुलेन्स प्रयोगमा पनि पैसा नलाग्ने

२४ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले नगरवासीलाई निःशुल्क औषधि उपचार सेवा दिने भएको छ । नगर कार्यपालिकाको बैठकले कोभिड–१९ को दोस्रो भेरियन्ट रोकथाम, न्यूनीकरण र नियन्त्रणको लागि आवश्यक प्रयास गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले एम्बुलेन्स सेवा लिँदा पनि पैसा तिर्न नपर्ने निर्णय गरेको छ ।

नगरवासी संक्रमित भए आवश्यकता अनुसार निःशुल्क औषधि उपचार र जिल्लाभित्र कोभिड १९ को उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकबाट भएको नगर प्रमुख लोक नारायण यादवले जानकारी दिए । ‘पचरुखीमा १५ बेडको आइसोलेसन सेन्टर बनाउँछौं, औषधि उपचार सेवा निःशुल्क हुन्छ, अन्यत्र रिफर गर्नुपर्ने अवस्था आए एम्बुलेन्समै पु¥याउँछौं ।’ उनले भने ‘कोभिड महामारीमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर संक्रमित हुँदै नहुने अवस्था सिर्जना गर्न पनि आग्रह गरिरहेका छौं ।’

बिहीबारको बैठकले पर्सागढी नगरपालिका– ५ स्थित पचरुखी स्वास्थ्य चौकीमा आवश्यक पूर्वाधारको व्यवस्था गर्दै १५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गरी निःशुल्क औषधि उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, नगरका ९ वटै वडामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित तथा शंकास्पद संक्रमितहरुलाई चिकित्सकको परामर्शमा स्थानीय जनप्रतिनिधि र स्वास्थ्य संस्थामार्फत अनुगमन गरी निःशुल्क औषधिको प्याकेज उपलब्ध गराउने र आवश्यकता अनुसार जनमैत्री सेवा सुविधाहरु उपलब्ध गराउनुको साथै प्रभावकारी क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ ।

एम्बलेन्स सेवाका लागि नगरपालिकाले उमेश प्रसाद साहलाई एम्बुलेन्स सञ्चालक संयोजकको जिम्मेवारी दिएको छ । नगरपालिकासँग दुईवटा एम्बुलेन्स छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment