+
+

नेपालमा रोकिएका विदेशीलाई भिसामा सहजिकरण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १८:४५

२४ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण नेपालमा रोकिएका विदेशी नागरिकलाई सरकारले भिसामा सहजिकरण गर्ने भएको छ ।

अध्यागमन विभागका अनुसार १५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय उडान स्थगत रहेको अवधि भित्र वा अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएको मितिले सात दिन भित्र नेपालबाट प्रस्थान गर्ने विदेशीको हकमा भिसा शूल्क, विलम्ब शूल्क र जरिवाना नलिइ भिसा नियमित गरिने भएको छ ।

१५ वैशाखसम्म नेपालको वैध भिसा भएका र अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएपछि पनि नेपालमै बस्न चाहने विदेशीको हकमा निषेधाज्ञा समाप्त भएको मितिले सात दिन भित्र भिसा नियमित गर्न विभाग वा अध्यागमन कार्यालयमा निवेदन दिएमा विलम्ब शूल्क र जरिवाना नदिई नियमित हुने भएको छ ।

१५ वैशाखसम्म नेपालको वैध पर्यटक भिसा भएका विदेशीको हकमा निषेधाज्ञा अवधिलाई निज पर्यटक भिसामा नेपाल बस्न सक्ने अवधि १५० दिन भित्र गणना नगर्ने निर्णय समेत विभागले गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडान स्थगत रहेकै अवधि भित्र वा सूचारु भएको मितिदेखि सात दिन भित्र प्रस्था गर्ने विदेशीको हकमा अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलबाटै भिसा नियमित हुने समेत विभागका निर्देशक जीवन प्रसाद आचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?